वडा नं. ५ को कार्यालय परिसरमा नेपालको राष्ट्रिय झण्डातोलन

कालिका नगरपालिकामा चारवर्षदेखि कार्यरत सव इन्जिनियर माेहन श्रेष्ठलाई विदाई

कालिका, १९ असार । कालिका नगरपालिकामा सव इन्जिनियर पदमा कार्यरत्त मोहन श्रेष्ठलाई विदाई गरिएको छ । हाल कालिकाको वडा नं. १ र ५ मा रहेर कामगर्दै आएका थिए । चन्द्रागिरी नगरपालिकामा सरुवा भएपछि नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तमाङ, वडा अध्यक्ष दीपकवहादुर भट्टराई, कार्यपालिका सदस्य शान्ति महतो, फारमकुमारी ढकाल लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारीले फुलमाला सहित खादा लगायर विदाई गर्नुभएको हो ।

विदाई कार्यक्रममा वडा नं. ४ र ५ का संस्थापक अध्यक्षहरु कृष्ण कुमार श्रेष्ठ र जिएन महतोको पनि उपस्थ्तिी थियो ।

कालिका नगरपालिकाको वडा नं. १,२,३ र ५ मा ४ वर्ष ४ महिना काम गरेर विदाई भएका हुन । विदाई कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले नगरमा मोहन श्रेष्ठको योगदान स्मरणगर्न लायक रहेको बताउनुभयो ।

यसैबीच वडा नं. ५ को कार्यालय परिसरमा नेपालको राष्ट्रिय झण्डातोलन गरिएको छ । वडा कार्यालयले कार्यालय परिसरमा नेपाल र नेपालीको राष्ट्रिय शान निरन्तर फरफराई रहोस भन्ने उद्देश्यले नेपालको राष्ट्रिय झण्डा राखिएको हो ।

 

यस अघिपनि कार्यालय माथी सानो आकारको राष्ट्रिय झण्डा फरफराउँदै आएको थियो । यो सँगै वडा कार्यालयमा दुईवटा राष्ट्रिय झण्डा फरफराउन थालेका छन् ।
वडाले कार्यालय परिसरमा ठूलो आकारमा राष्ट्रिय झण्डा फरफराएसँगै वडा कार्यालयको चौरमा वृक्षा रोपण गरेको छ ।

वडा परिसरलाई सुन्दर र हरियाली पार्क जस्तै बनाउने गरी वृक्षा रोपण गरिएको वडा अध्यक्ष दीपकवहादुर भट्टराईले जानकारी दिनुभयो । वडा परिसरलाई अझै सुन्दर बनाउने योजना बाँकी रहेको उहाँले सुनाउनुभयो ।

—-00—

 

Share:

सम्बन्धित समाचारहरु