रुसमा सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध

फागुन २१ एजेन्सी ।रुसले सूचना नियन्त्रित गर्नका लागि सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाएको छ।

फेसबुकले युक्रेन युद्ध सम्बन्धी रुसी प्रोपोगाण्डामाथि कडाइ गरेको तथा युक्रेनमा भइरहेको अवस्थाबारेका सामग्री साझा गर्न दिएपछि रुसले प्रतिबन्ध लगाएको हो ।

अधिकांश रुसी सञ्चारमाध्यमले युक्रेनमा भइरहेको युद्धका खबर प्रकाशित गरेका छैनन् वा गरे पनि रुसले कुनै पनि क्षति नगरेको दाबी गर्दै आएका छन् ।

सर्वसाधारणले रुसी आक्रमणले युक्रेनमा गरेको क्षतिका बारेमा थोरै भए पनि जानकारी सामाजिक सञ्जालबाट पाउने गरेका थिए । त्यसमा पनि रुसले प्रतिबन्ध गरेको हो ।

फेसबुक बन्द गरेको रुसले ट्वीटर र युट्युबको पहुँचमा पनि रोक लगाएको छ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु