नारायणगढ- मुग्लिन सडक खुल्यो

चितवन, १७ असार । तुइन खोला पुलनजिकै पहिरो जाँदा शनिबार मध्यरातदेखि अवरूद्ध नारायणगढ-मुग्लिन सडक आइतबार साँझ पौने ६ बजेतिर खुलेको छ ।

सडक दुईतर्फी नै खुलेको भरतपुर डिभिजन सडक कार्यालयले जानकारी गराएको छ । सडकमा गाडीहरू निकै धेरै छन् । आ-आफ्ना लेनअनुसार गाडी चलाउन कार्यालयले चालकहरूलाई अपिल गरेको छ ।

 

शनिबार रातिदेखि नै सडक अवरुद्ध भएकाले सवारी साधनको लामो लाइन लागेको छ ।–00—

Share:

सम्बन्धित समाचारहरु