भ्रष्टाचारविरुद्ध बोल्न छाड्दिनँ ,सहिद बन्न तयार छु- सांसद अमरेशकुमार, बोल्न नपाएपछि कपडा खोलेँर विरोध

काठमाडौं, २५ बैशाख । । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारविरूद्ध बोल्दा सहिद बन्नुपरे पनि आफू तयार रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्न नपाएको भन्दै उनी कपडा खोलेर अर्धनग्न बनेका थिए ।

उनले संसद् जनताको आवाज उठाउने ठाउँ भएको र भ्रष्टाचारजस्तो जधन्य अपराधमा आफूले बोल्न नपाएपछि कपडा खोलेर विरोध गरेको बताए । संसद्मा बोल्न नपाए आफू सडकमा जाने र भ्रष्टाचारविरूद्ध आवाज बुलन्द पार्ने उनको भनाइ छ ।

“नेताहरू भ्रष्टाचार गर्दै जाने अनि हामीले आवाज उठाउन खोज्दा संसद्मा बोल्न नदिने रु त्यसकारण मैले विरोध गर्न संसद्को गरिमा बुझेरै यसो गरेको हो,” सांसद सिंहले भने, “संसद् जनताको आवाज उठाउनका लागि हो । मैले पनि यहाँ दशक बिताइसकेको छु । करोडकरोड खान मिल्ने अनि हामीले बोल्न नमिल्ने भन्ने हुन्छ रु”

सांसद सिंहले संसद्को गरिमा उल्लंघन गरेबापत कारबाही गरे भोग्न तयार रहेको पनि बताए । “कारबाही भोग्न तयार छु । तर, भ्रष्टाचारविरूद्ध आवाज उठाइरहन्छु । त्यसका लागि ज्यान गए पनि जाओस्,” उनले थपे, “भ्रष्टचारविरोधी एक सहिद थपिने हो, म तयार छु ।” उनले संसद्मा आवाज उठाउन नपाए आफू सडकमा जाने र जनतामाझ गएर भ्रष्टाचारविरोधी अभियानलाई सशक्त बनाउने बताए । देशभरका जनतालाई यो अभियानमा सडकमा आउन पनि उनले आग्रह गरे ।–00–

Share:

सम्बन्धित समाचारहरु