नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध,पहिरो पन्छाउने काम जारी

चितवन, १७ असार । नारायणगढ–मुग्लिन सडक पुन् अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति साढे ११ बजे पहिरो सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

 

अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोमा विद्युतको तार रहेको थियो । तार हटाउन समय लागेपछि पहिरो हटाउने काम ढिलो भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए ।

सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

–00–

Share:

सम्बन्धित समाचारहरु