नागढुंगा मन्दिर नजिक पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

काठमाण्डौ, २४ भदौ ।

नागढुंगा मन्दिर नजिक पहिरो गएको छ । नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो ।

प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले पहिरो गएका कारण अहिले दुई तर्फीबाट अवरुद्ध भएको बताए । पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् ।

अहिले बाटो खुलाउने काम भइरहेको उनले बताए । यसअघि पनि सोही ठाउँ नजिक पहिरो गएको थियो ।

Share:

सम्बन्धित समाचारहरु