एउटै वडाका २६ जना महिलालाई सीप विकास तालिम

रत्ननगर, ११ असार । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं – ९ का २६ जना महिलालाई उद्यमी बनाउन सीप विकास तालिम दिइएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्तर्गत एउटै वडाका महिलालाई सिलाइकटाई र व्यूटिपार्लर तालिम दिइएको हो । १६ जनालाई तीन महिने आधारभूत सिलाइकटाइ र १० जनालाई सोही अबधिको आधारभूत ब्यूटिपार्लर तालिम दिइएको मेड्पा कार्यक्रमका सदस्य सचिव रामप्रसाद बस्ताकोटीले जानकारी दिए ।

हाइस्कुल रोडमा रहेको कमला लेडिज एण्ड ट्रेनिक सेन्टरमा सिलाइकटाइ र सिनेमाहल रोडमा रहेको तेज व्यूटिपार्लर एण्ड ट्रेनिक सेन्टरमा व्यूटिपार्लर तालिम दिइएको हो । दुईवटै तालिमको सोमबार एकैसाथ समापन गरिएको छ ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले सहभागीहरुलाई प्रमाणपत्र र प्रविधि हस्तान्तरण गरेका थिए ।

तालिम लिएकाहरुलाई व्यवसाय सञ्चालनको लागि सिलाइकटाई तर्फ समुह बनाएर इन्टरलक र पिको मेसिन तथा व्यूटिपार्लर तालिम दिएकाहरुलाई फेसियल कीट हस्तान्तरण गरिएको छ । सो अबसरमा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले धनी र गरिब बीचको खाडल कम गर्न सीप विकास तालिम आयोजना गरिएको बताए ।

यो सामान्य प्रकारको तालिम होइन उनले भने यसले मान्छेको जीवनमा परिर्वतन ल्याउने छ । कार्यक्रममा वडाध्यक्ष अनन्त अधिकारीले विपन्न समुदायका महिलाहरुको सीप विकास आर्फत जीवन स्तर उकास्न तालिम दिइएको बताए ।

कार्यक्रममा वडासदस्य कमानसिंह चौधरी,प्रशिक्षकहरु व्यूटिपार्लर तर्फ ज्योति शर्मा, सिलाइकटाइ तर्फ योमकुमारी श्रेष्ठ,सहभागीको तर्फबाट अम्बिका अधिकारी र अनिता अधिकारीले लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नगरपालिकाकी प्रशासकीय अधिकृत सविता अर्याल, उद्यम विकास सहजकर्ता सरस्वती शर्मा र सृजना क्षेत्री लगायतको सहभागिता रहेको थियो । –00–

Share:

सम्बन्धित समाचारहरु