बालेन सरकारको पहिलो क्याबिनेट बैठक: ४ महत्वपूर्ण निर्णय सार्वजनिक

काठमाडौं, १३ चैत — नयाँ सरकारले पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

आजै प्रधानमन्त्री नियुक्त भएका बालेन शाह को अध्यक्षतामा बसेको बैठकले चार महत्वपूर्ण निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिएका छन्।

बैठकले जेनजी आन्दोलन तथा विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका ज्ञात तथा अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ। साथै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई सरकारको प्रवक्ताका रूपमा तोकिएको छ।

त्यस्तै, सरकारले शासकीय सुधारका सय कार्यसूची स्वीकृत गरेको छ, जसलाई भोलिसम्म सार्वजनिक गरिने जनाइएको छ। बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको छानबिनका लागि गौरीबहादुर कार्की को अध्यक्षतामा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।

निर्णयअनुसार, सुरक्षा संयन्त्रसँग सम्बन्धित सिफारिसहरू अध्ययन समितिमार्फत कार्यान्वयन गरिनेछ भने अन्य सिफारिसहरू तत्काल लागू गरिने जनाइएको छ।

Share:

सम्बन्धित समाचारहरु