चारबुँदे सौराहा घोषणापत्र जारीगर्दै सकियो प्रजातान्त्रिक विचार समाजको दोश्रो केन्द्रीय बैठक

सौराहा, ९ असार । प्रजातान्त्रिक विचार समाजको सौराहामा सम्पन्न दोश्रो केन्द्रीय बैठक तथा वर्तमान राजनीतिक परिवेशमा प्रजातान्त्रिक विचार समाजको भूमिका विषयक गोष्ठि चारबुँदे सौराहा घोषणा पत्र जारीगर्दै सकिएको छ ।
समाजले जारीगरेको घोषणापत्रमा राजनीतिक दलहरुमा देखिएका दम्भ र अहकारले नेपालको राजनीतिनै विक्षिप्तपूर्ण अवस्थामा पुगेको ठहर गरेको छ ।

दलहरुले अहंकार त्यागेर जनताले पटक पटक व्यक्त गरेको विचारको उच्च सम्मानगर्नका लागि ध्यानाकर्षण गराउने निर्णय गरेको छ । यस्तै सुशासन सम्बन्धमा सौराहा गोष्ठिले संवैधानिक निकायलाई संविधानले निर्देष्टि गरेको व्यवस्था अनुसारनै कार्य सम्पादनगर्न सुझाव दिएको छ ।

यस्तै जनअधिकारको सम्बन्धमा दलहरु प्रतिवद्ध हुनुको साटो मोर्चा वा गठबन्धन निर्माण गरी जनअधिकार खोस्ने काम गरेको घोषणपत्रमा उल्लेख छ । यस्तै सरकार निर्माणको सन्दर्भमा देखिएको अंक, गणित बाहेक निर्र्वाचन हुनुभन्दापूर्वनै मोर्चा वा गठबन्धन हुने आफैमा जनअधिकार खोस्ने प्रकृया भएकाले यो विषयमा सचेत रहन घोषणापत्रमा भनिएको छ ।

यस्तै नेपालमा राजनीतिक दलका नेता, कार्यकर्ताहरु देखि उच्च तहका कर्मचारीहरु कुनैपनि व्यापार व्यवसायमा संलग्न भएको देखिदैन । तर उनिहरुको सम्पत्ति भने अकुत देखिने गरेको छ । यो प्रवृती राजनीतिक दलमा देखा परेको छ । यसले राजनीतिमा विकृति बनाएको छ । र राज्यले तत्कालै उच्च स्तरिय राजनीतिक कमिटी बनाएर पारदर्शी समाजलाई अगाडी बढाउन भेलाले निर्णय गरेको प्रजातान्त्रिक विचार समाज चितवन शाखाका अध्यक्ष सुरेशचन्द्र आचार्यले बाचन गरेको सौराहा घोषणा पत्रमा भनिएको छ ।

काठमाण्डौंमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनपछि चितवनको सौराहामा आयोजना गरिएको यो दोश्रो केन्द्रीय बैठक हो ।–00–

Share:

सम्बन्धित समाचारहरु