– सेतोनेपाल
चितवन, ९ असार । माडीको मगुई खोलाको पुल निर्माणको काम अन्तिम चरणमा रहेपनि निर्माणको जिम्मा लिएको ठेकेदारले समयमा काम नगरेपछि ठोरी–माडी हुलाक सड्क खण्ड प्रभावित बनेको छ ।
आज (शनिवार ) विहानैदेखि परिरहेको वर्षापछि मगुईखोलामा आएको बाढीका कारण ठोरी–माडी भएर संचालनहुने सवारी साधनहरु बीचबाटोमै अपलपत्र परेको छ । पुलको निर्माणको काम मोटामोटी सकिएको छ । पुलको दुवैतर्फ प्रवेशगर्ने क्षेत्रमा रहेको खाल्टाखुल्टीमा माटोपुर्नपर्ने काम बाँकीहुँदा पुल बनाउने जिम्मा पाएको ठेकेदारले काममा ढिलासुस्ती गरेपछि यस्तो समस्या आएको हो ।
वर्षातको समयमा यो बेला संचालनमा नआए खोलातर्न नसकिने अवस्था आउँछ । वारिका मान्छे वारिनै पारीका मान्छे पारीहुने हुनुपर्ने बाध्यता आउने गर्दछ ।
लोहनी कन्ट्रक्सन एण्ड ब्रोदर कम्पनिले पुल निर्माणको जिम्मा पाएको थियो ।
पुल निर्माणको काम सम्पन्नगर्न पटक पटक ताकेतागरेपनि ठेकेदार कम्पनिले कामगर्ने चासो नदेखाएको माडी नगरपालिकाकी मेयर ताराकाजी कुमारी महतोले बताइन् । विहानैदेखि आवतजावतमा समस्या भएपछि माडी नगरपालिका आफैले बाटो खुलाउने प्रयास थालेको छ ।
मेयर महतो आफै मगुई खोला पुगेर नगरपालिकाको जेसिवी मार्फत खाल्टोपुर्न लगाएकी छिन् । साँझ सम्म बाटोपूर्ण रुपमा संचालनमा आउने मेयर महतोको भनाई छ ।
निर्माणको जिम्मा लिएर पनि समयमा कामनगर्ने ठेकेदारलाई नगरपालिकाले कालोसूचिमा राख्ने तयारी थालेको छ । निर्माण स्थलमा ठेकेदारले छाडेको आफ्नो सामग्री लैजान मेयर महतोले निर्देशन दिएकी छिन् । तत्काल यो ठाउँबाट आफ्नो सामान लैजानु तपाईबाट माडीनगरपालिकाले कुनैपनि निर्माणको काम आश गरेका छैनौं भनेर मेयर महतोले निर्देशन दिएकी छिन् ।
माडीको मुख्य सडक अन्तर्गत माडी–ठोरी खण्डमा ९ वटा पुल बनाउन २०७४ असारमा सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनिले कुनैपनि काम निर्धारित समयमा सम्पन्नगर्न सकेनन् । पटक पटक कम्पनिलाई निर्माणको काम सम्पन्नगर्न समय थप गर्दै आएको छ । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगञ्ज अन्तर्गत मगुई खोलाको पुल सहित ९ वटा पुलको ठेक्का दिइएको थियो ।



तस्विरः श्रीप्रसाद दवाडीको वालवाट सांभार
–00–


