हर्क साम्पाङ र बालेन शाहलाई जोड्न सके खुसी हुने : सभापति लामिछाने

काठमाण्डौ, ७ असार

रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्न सके खुसी हुने बताएका छन् ।

“हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो,” उनले भने, “हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ । उहाँको कामको प्रसंशा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।”

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा नयाँ केन्द्रीय कार्यालय घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजले परिवर्तन खोजेको छ भन्ने कुरा मतपत्रबाट जाहेर भइसकेको बताए।

त्यस्तै उनले पहिलो वर्ष राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले आशा र भरोसाका साथ हेरेको पाएको बताएका छन्।

उनले भने, ‘हाम्रो भाषामा भन्नुपर्दा समाज परिवर्तनको घण्टी बजिसकेको छ। पहिलो वर्ष सौहार्दपूर्ण रह्यो। सकारात्मक रूपमा हेरेका छौँ।’

Share:

सम्बन्धित समाचारहरु