कालिका नगरपालिकाले मेक ईन कालिकालाई ब्राण्डिङ गर्ने

कालिका, ३ असार । कालिका नगरपालिकाले मेक ईन कालिका कार्यक्रम संचालनगर्ने नीति बनाएको छ । मह, च्याउ, केराउ, फाफर लगायतका बाली उत्पादनलाई प्राथमिकता दिएर त्यसलाई मेडईन कालिका अन्तर्गत ब्राण्डिङ गरिने नगर प्रमुख विनाेद रेग्मीले जानकारी दिए ।

कालिका नगरपालिकाकाे दाेस्राे कार्यकालको तेस्रो अधिवेशनका लागि आज आयाेजना गरिएको नगरसभामा नगरकाे नीति तथा कार्यक्रम प्रस्तुतगर्ने क्रम जारी छ ।

कालिकाले स्थानीय उत्पादनलाई बजारीकरणका लागि कालिका काेशेली घर संचालनगर्ने नीति लिएको छ । स्थानीय उत्पादनलाई काेशेलीघरमा संकलन गरेर त्यहीँमार्फत विक्रीवितरण गरिने छ ।

यस्तै नगरक्षेत्रमा दुना टिपरी बनाउने कामलाई उद्योगकाे रूपमा विकास गरिने नीति तथा याेजना छ । सालकाे पातलाई दुना टपरी बनाई देशभरका बजारमा विक्रीगर्नेगरी उद्योगकै रूपमा विकाश गर्ने याेजना रहेकाे मेयर रेग्मीले बताए । कार्यक्रम जारी छ । –00–

Share:

सम्बन्धित समाचारहरु