बुङखोलाको पानी थाङखोलाहुँदै खगेरीखोलामा मिसाउन बनाउन लागिएको ट्र्याकको विरोध

कालिका, ३२ जेठ । वर्षातको बेला बुङखोलामा आउनेबाढीलाई थाङखोलाहुँदै खगेरीखोलामा पठाउन बनाउन लागिएको ट्र्याकलाई पदमपुरका केहीवडाबासीले विरोध जनाएका छन् ।

बुङखोलामा आउनेबाढीले वर्षेनी कालिका नगरपालिकाको वडा नं.२, ३, ६ र ७ का केही वडाहरु डुबानमा पर्दै आएका छन् । नगरपालिकाले बर्षातको बेला बुङखोलाको पानीलाई थाङखोलाहुँदै खगेरीखोला तर्फ डाभर्टगर्ने उद्देश्यले नयाँ ट्र्याक खोल्ने काम भइरहेको थियो ।

पदमपुरको साविक वडा नं. ५, ६, ७, ३ नम्बर वडाका स्थानीयले यसको विरोध गरेका छन् । सहमति विपरित नगरपालिकाले बुङखोलाको पानी थाङखोला तर्फ ल्याउन लागेको भन्दै विरोध गरेका हुन । कालिका नगरपालिकाको वडा नं. ५ मा समग्र वडाभेलाको आयोजना गरी नगरपालिकाले यो काम तत्कालका लागि राख्नपर्ने माग राख्दै एउटा वार्ता समिति समेत बनाएको छ । समितिले बुङखोलाको पानीलाई थाङखोलाहुँदै खगेरीखोलामा कसरी पठाउन सकिन्छ भन्ने विषयमा वडाबासीहरुको राय अनुसार छलफल गर्ने छ ।

बाढीवाट विस्थापित भएरनै पारी पदमपुरवाट बस्तीनै स्थानान्तरण गरेर नयाँ पदमपुरमा आएको स्मरणगर्दै स्थानीयले फेरिपनि बाढीको चपेटामा पर्ने डर रहेको आशंका व्यक्त गरे । बुङखोलालाई थाङखोलाहुँदै खेगरीमा मिसाउनुपूर्व आवश्यक पूर्वाधार निर्माणगर्न उनिहरुले भनेका छन् । डोजर चलाएकै भरमा बुङखोलाको पानी थाङखोलामा मिसाए डुबानसँगै कडानको जोखिम बढ्ने भन्दै यसलाई बैज्ञानिक ढंगवाट व्यस्थापन गर्न आग्रह गरेका छन् । नगरपालिकाले उपभोक्ता समिति मार्फत नया ट्रयाक खोल्ने कामलाई तीब्र बनाएको थियो । ट्रयाक बनाउने कामको विरोध भएपछि निर्माण कार्य स्थगीत भएको छ ।

 

–00–

 

Share:

सम्बन्धित समाचारहरु