काठमाडौंसहित केही स्थानमा वर्षा

काठमाडौं, २२ जेठ । देशका केही स्थानमा सोमबार दिउँसो वर्षा भएको छ । काठमाडौं, म्याग्दी, बैतडीलगायत स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो वर्षा केही बेर हुने महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । वर्ष भएपनि लामो समय वर्षा हुँदैन उनले भनिन ।

अहिले मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको उनले बताइन् । अरू स्थानमा हल्कासम्म र बैतडीमा मध्यम वर्षा भएको उनले जानकारी दिइन् । “पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो,” उनले भनिन् ।

उनका अनुसार आज राति पनि कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ । भोलि पनि पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले बताइन् । वर्षाका कारण हिजो ९आइतबार०को तुलनामा आज र भोलि पश्चिमी क्षेत्रमा तापक्रम केही घट्ने सम्भावना रहेको उनको भनाइ छ ।–00–

Share:

सम्बन्धित समाचारहरु