चितवन, २० जेठ । नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनको सातौं जिल्ला सम्मेलनबाट अध्यक्षमा पुनः मिनबहादुर परियार सर्वसम्मत रूपमा चयन भएका छन् ।
अध्यक्ष परियारको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन भएका छन् । कमिटीको उपाध्यक्षमा दीपक सिं परियार, धनकुमारी विश्वकर्मा, सचिवमा आईतराम विश्वकर्मा, सहसचिवमा डिलबहादुर गायक, एकराज गायक र कोषाध्यक्षमा श्याम मालबु सर्वसम्मत रूपमा चयन भएका छन् ।
नवनिर्वाचित जिल्ला कमिटीलाई संविधानसभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य शिवकुमारी गोतामेले सपथ ग्रहण गराउनु भएको थियो । मुक्ति समाज चितवनको सातौं जिल्ला सम्मेलन आज भरतपुर स्थीत रोज गार्डेन पार्टी प्यालेसमा सम्पन्न भएको थियो । सम्मेलनमा मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर पौडेल विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने सम्मेलन मुक्ति समाज चितवन अध्यक्ष मिनबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको थियो।–00–


