ओडिशा रेल दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २८८ पुग्यो

काठमाण्डौं, २० जेठ । भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या बढिरहेको छ।

पछिल्लो अपडेट अनुसार मृतकको संख्या कम्तीमा दुई सय ८८ जना पुगेको बीबीसीले जनाएको छ। ओडिशाको बालासोरनजिक भएको उक्त दुर्घटनामा परी नौ सय जनाभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जनाएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय अधिकारीहरुले बताएका छन्। भारतमा यो शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना मानिएको छ।

घटना शुक्रबार साँझ भएको थियो। घाइतेको उद्धारका लागि दुई सयभन्दा बढी एम्बुलेन्स परिचालन गरिएको ओडिशाको प्रमुख सचिव प्रदीप जेनाले बताएका छन्।–00–

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु