सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने,सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन सहयोग पुग्ने

चितवन,४ बैशाख । चितवनमा वैशाख २२ गतेदेखि २४ गतेसम्म सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ ।

 

चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्र भरतपुरमा उक्त प्रदर्शनी हुने भएको हो । नयाँ प्रविधिबारे जानकारी दिने तथा युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रदर्शनी गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, औषधि उद्योग, टेक्सटाइल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एण्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन रहने छन् ।

 

यी उद्योगहरूलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र, उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० बढी स्टल रहने उनको भनाइ छ ।

 

लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीका लागि ३० वटा स्टल निःशुल्क व्यवस्था गरिएको छ । प्रदर्शनीमा उत्कृष्ट हुने साना उद्यमीलाई पुरस्कार तथा सम्मान गरिनेछ । प्रदर्शनी उद्यमीलाई नयाँ प्रविधिबारे जानकारी दिने र युवालाई उद्यमशिलतामा प्रोत्साहन गर्ने नयाँ माध्यम हुने आयोजकले बताएको छ ।

 

प्रदर्शनी अवधिमा चितवन तथा नवलपुर क्षेत्रका होटल, पर्यटन तथा यातायात व्यवसाय पूर्णरूपमा चलायमान हुन गई आर्थिक कारोबार समेत बढ्ने हुँदा वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने आयोजकको विश्वास छ । आयोजकका अनुसार प्रदर्शनीमा अवलोकनका लागि कुनै शुल्क लाग्दैन ।

 

प्रर्दशनीमा नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने÷नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यमको रुपमा रहने र उद्यमीहरुलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्वपूर्ण अवसरको रुपमा रहने यस अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूका वीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग, प्रक्रियाका सम्बन्धमा अनुभव आदान प्रदान मार्फत ज्ञान अभिवृद्धि गर्न तथा सुमधुर व्यवसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पु¥याउन महत्वपूर्ण अवसर प्राप्त हुने नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णु अग्रवालले जानकारी दिए ।

 

औद्योगिक प्रबद्र्वनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने र औद्योगीकिकरणका लागि विश्वमा नै सफल र उत्कृष्ट ठहरीएका प्रविधिहरुसँंग साक्षात्कारको अवसर सहित अनुसरणका लागि उत्प्रेरणा मिल्ने उक्त प्रदर्शनीमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थितिमा नेपाल सरकारको औद्योगिक नीति, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसरहरुका विषयमा र नेपाल उद्योग परिसंघको तर्फबाट मेक इन नेपाल स्वदेशी अभियानका विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिनेछ ।

 

तसर्थ,यस प्रदर्शनी सरकारका औद्योगिक नीति तथा कार्यक्रमहरु लक्षित उद्योगीहरुसम्म पु¥याउने उपयुक्त अवसरको रुपमा समेत रहने विश्वास रहेको छ ।
प्रदर्शनी अवधिमा चितवन तथा नवलपुर क्षेत्रका होटल, पर्यटन तथा यातायात व्यवसाय पूर्ण रुपमा चलायमान हुन गइ आर्थिक कारोबार समेत बढ्न जाने हुँदा वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ ।

 

 

सातवटै प्रदेशको पहिचान झल्कने गरी औद्योगिक उत्पादनको स्टल राखिने योजना रहेको यस प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र ,बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ,घरेलु तथा साना उद्योग महासंघ, , चितवन तथा छीमेकी जिल्लाका स्थानीय पालिकाहरु लगायत उद्योगीका विभिन्न छाता संस्थाहरुको सहयोगीे भूमिका रहेको छ ।

आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदान प्रदान मार्फत उद्यमशिलताको विकासमा सहयोगी हुने अवसरका रुपमा लिइएको यस प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेशिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरुबाट लाइभ प्रोडक्सन समेत गरिने भएकोले नेपालको औद्योगिक विकासमा सहयोग पु¥याउन यस प्रदर्शनी कोशे ढुंगा सावित हुनेछ । –00–

Share:

सम्बन्धित समाचारहरु