चितवन, बैशाख १५ । लायन्स क्लब अफ सौराहा वाइल्डलाइफ सिटीको नयाँ कार्यसमिति चयन भएको छ । क्लबको सातौ बार्षिक सभा तथा अधिवेशनबाट बर्ष २०२२/२०२३ को लागि रामशरण अधिकारीको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
अंग्रजी महिनाको जुलाईबाट कार्यभार सम्हाल्नेगरी नयाँ कार्यसमिति चयन भएको हो । उनीहरुको कार्यकाल एक बर्षको हुनेछ ।
क्लबको प्रथम उपाध्यक्षमा गोकर्ण गिरी, द्धितिय उपाध्यक्षमा भीम प्रसाद आचार्य, तृतिय उपाध्यक्षमा बीर बहादुर श्रेष्ठ, सचिव अमृत पौडेल, कोषाध्यक्षमा रमेश चन्द्र रेग्मी, सह कोषाध्यक्षमा रमेश रेग्मी चयन हुनु भएको छ ।
राम बहादुर परियार, हरी कृष्ण रेग्मी, बासुदेव बस्नेत र दिपक मरहठ्ठा डाइरेक्टर तथा टेमोरमा इश्वर प्रसाद कट्टेल चयन हुनु भएको क्बलबका पूर्व अध्यक्ष उमाकान्त पौडेलले जानकारी दिए ।
चार्टर प्रिसिडेन्ट सुवास चन्द्र गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा मेम्बरसीप ग्रोथमा विष्णु थापा, इन्भाइरोमेन्ट कोर्डिनेटरमा बबिता चौधरी, प्रोगार्म कोर्डिनेटरमा सृजना पोख्रेल, हेल्थ कोर्डिनेटरमा संजय कुमार ढुङ्गाना सर्व सम्मत चयन हुनु भएको छ ।