बसपार्क बाहिरका टिकट काउन्टर हटाउन काठमाण्डौ महानगरको निर्देशन नयाँ बसपार्कबाट मात्र गाडी सञ्चालन गर्न

काठमाण्डौ महानगरपालिकाले नयाँ बसपार्क बाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी चलाउन निर्देशन दिएको छ ।

महानगर क्षेत्रबाट काठमाण्डौ उपत्यका बाहिर चल्ने लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक गाडी नयाँ बसपार्कबाट मात्र छुट्ने गरी यसअघि भएको सहमतिको पालना गर्न महानगरपालिकाले जोड दिएको छ।

यस्तै, अनधिकृत ठाउँमा पार्किङ गर्ने, टिकट बुकिङका लागि काउन्टर राख्ने, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने काम नरोकिएको भन्दै महानगरले यस अघिको सहमति पालना गर्न पनि भनेको छ । त्यसैगरी, महानगरले धुलीखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका गाडीलाई कलङ्कीदेखि जडीबुटीसम्म रोक्न निषेध गरेको छ ।

सहमति र सार्वजनिक सूचनाको बेवास्ता गरे आउँदो असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी कानुनी कारबाही गरिने महानगरपालिकाले चेतावनी दिएको छ ।

Share:

सम्बन्धित समाचारहरु