तल्लो अरुण र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सम्झौता

१० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली लैजान्छौं : मोदी

काठमाडौँ, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीको संयूक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरे ।

पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपाल भारत दीर्घकालीन सम्झौता मार्फत १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने सहमति भएको बताए । ४८० मेगावाट क्षमताको फुकोट कर्णाली र ६६९ मेगावाट क्षमताको तल्लो अरुणको पनि निर्माण सम्झौता भएको छ । भारतीय कम्पनी सतलज जलविद्युत निगमले तल्लो अरुण आयोजना र एनएचपीसी लिमिटेडले फुकोट कर्णाली बनाउने सम्झौता भएको हो ।–00–

Share:

सम्बन्धित समाचारहरु