अग्नी सापकोटा नेतृत्वमा माओवादी केन्द्रको टोली किन जाँदैछन चीन ??

काठमाडौं, ३१ बैशाख । पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटा चीन भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा सापकोटाको नेतृत्वमा माओवादी केन्द्रका नेताहरुको टोली शुक्रबार चीन जान लागेको हो।

माओवादी केन्द्रका पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले सापकोटाको नेतृत्वमा अध्ययन भ्रमणका लागि पार्टीका नेताहरु चीन जान लागेको अन्नपूर्णलाई जानकारी दिए। स्रोतका अनुसार, भ्रमण दलमा प्रत्येक प्रदेशबाट १र१ जना र जनवर्गिय संगठनका नेताहरु रहने छन्। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) अनुमोदन भएपछि चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रका नेताहरुबीच सुमधुर सम्बन्ध छैन।

 

एमसीसी पारित भएका बेला सापकोटा नै प्रतिनिधि सभाका सभामुख थिए। एमसीसी पारित हुनु, बीआरआई अन्तर्गतका परियोजनाहरु अघि बढ्न नसक्नुले चीनले नेपालका कम्युनिष्ट नेताहरुलाई शंकाको घेरामा राखेका छन्। सापकोटाले नै संसदमा एमसीसी टेबल गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, त्यसबेलाका सभामुख सापकोटा लगायतका माओवादीका नेताहरुले कुनै पनि हालतमा एमसीसी पारित नगर्ने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु सामु प्रतिबद्धता जनाएका थिए। तर, माओवादी केन्द्रका अध्यक्ष दाहाललगायतले प्रतिबद्धता विपरित २०७८ फागुन १५ गते एमसीसी पारित गरेपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँगको सम्बन्ध सुमधुर छैन।

कोरोना संक्रमण संक्रमणपछि लागेको प्रतिबन्ध हटाएपछि नेपाल र चीनबीचका भ्रमणहरु सुरु भएको छ। चीनबाट समेत उच्चस्तरीय भ्रमणको तयारी भइरहेको छ। –00–

फाइल तस्विर

Share:

सम्बन्धित समाचारहरु