काठमाण्डौं,२३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
शनिबार प्रधानमन्त्री दाहाल भेट्न ओली सिंहदरबार पुगेका थिए। अहिले उनीहरुबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए। ुउहाँहरुबीच समसामायिक विषयमा छलफल भइरहेको छ। विशेष विषयबस्तुबारे जानकारी छैन।ु प्रमका प्रेस संयोजक शर्माले भने।
नक्कली शरणार्थी प्रकरणपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबिच यो दोस्रो भेट हो। दुइ दिन अघि पनि ओली यसै प्रकरणबारे बुझ्न सिंहदरबार पुगेका थिए। भेटमा शरणार्थी प्रकरणमा मुछिएका बहालवाला सांसद् टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी गरेकोमा ओलीले आपत्ति व्यक्त गरेका थिए। बहालवाला सांसद् र मन्त्री बनिसकेको मान्छे कतै भागेर नजाने भन्दै बाटोमै पक्राउ गर्नु गलत भएको ओलीको भनाई थियो।
एमाले सचिव रायमाझी भने अहिले सम्पर्कविहिन भएका छन्। प्रहरीलाई सहयोग गर्ने बताएका उनी अहिले कसैको सम्पर्कमा नभएको बुझिएको छ। –00–


