सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं, १७ बैशाख । सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौं बस्ने सहारा प्रसाइ र एक पुरुष रहेका छन् । उनीहरूको दुर्घटनास्थलमा नै मृत्यु भएको हो ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार कमलामाई नगरपालिका–२ पिपलभन्ञ्याङमा दुर्घटना भएको सिन्धुलीका प्रहरी उपरीक्षक  राजकुमार सिलवालले जानकारी दिए । दुर्घटनामा घाइते भएका प्युठानका ३२ वर्षीय योगेन्द्र थापाको उपचारका लागि धुलिखेल पठाइएको एसपी सिलवालले जानकारी दिए । कार अनियन्त्रित भइ बिहान ६ बजे दुर्घटना भएको उनले जानकारी दिए । –00–

Share:

सम्बन्धित समाचारहरु