भरतपुर, १४ जेठ । भरतपुरको सिनर्जी रोडमा ‘चितवन व्युटी होम’ नामक नयाँ व्युटी पार्लर सञ्चालनमा आएको छ। करिब २० लाख रुपैयाँको लगानीमा सञ्चालित उक्त पार्लरको उद्घाटन हेन्डसम ब्युटी केयरका सञ्चालक रमेश राना मगरले गरेका हुन्।
राना मगर पार्लर सञ्चालिका सन्तोषी मगरका गुरु समेत हुन्। पार्लरको उद्घाटन कार्यक्रममा क्वीन्स पार्लरकी सञ्चालिका सुमि गुरुङको पनि उपस्थिति रहेको थियो।
सञ्चालिका सन्तोषी मगरका अनुसार, ‘चितवन व्युटी होम’ मा महिलासम्बन्धी सौन्दर्य सेवा जस्तै श्रृंगार, फेशियल, हेयर कट, मेनिक्योर, पेदीक्योरलगायत सम्पूर्ण सेवा उपलब्ध हुनेछ। “गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टि हाम्रो मुख्य उद्देश्य हो,” उनले भनिन्।
पार्लर स्थापना पछि सौन्दर्य सेवामा नयाँ विकल्प थपिएको छ भने, युवा व्यवसायीको पहलमा भरतपुरको सौन्दर्य व्यवसाय क्षेत्र थप विस्तार हुने अपेक्षा गरिएको छ।





