राष्ट्रिय थारु म्यूजिक भिडियो अवार्ड खैरहनीमा आयोजना गर्ने तयारी

चितवन, १६ बैशाख । चितवनको माडीमा आयोजना गर्ने तयारी गरिएको राष्ट्रिय थारु म्यूजिक भिडियो अवार्ड पूर्वी चितवनको खैरहनीमा आयोजना गरिने भएको छ ।

 

थारु कलाकार सभाले बैशाख २२ गते माडीमा आयोजना गर्ने तयारी गरेको थियो । विविध कारणले निर्धारित समय र स्थानमा कार्यक्रम आयोजना गर्न नसकिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । २२ गते आयोजना गर्ने भनिएको अवार्ड कार्यक्रम बैशाख ३० गते शनिवार खैरहनी पार्टी भेन एण्ड भान्सा घरको हलमा आयोजना हुने थारु कलाकार सभाका अध्यक्ष सुरेश चौधरीद्धारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ ।

 

 

–00–

 

Share:

सम्बन्धित समाचारहरु