काठमाडौं, २६ साउन ।— नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा विभिन्न श्रेणीमा “फोनिज अवार्ड” प्राप्त गर्ने पत्रकारहरूको नाम घोषणा गरेको छ।
फोनिज महासंघको साउन २५ गते बसेको सचिवालय बैठकले छनोट समितिको सिफारिस अनुसार अवार्ड विजेताको सूची अनुमोदन गरेको हो। यससँगै फोनिजले सम्मान तथा पुरस्कारको नगद राशिमा २५ प्रतिशत वृद्धि गर्ने निर्णय पनि गरेको छ।
फोनिजका अनुसार, यस वर्षका अवार्ड विजेता तथा सम्मान प्राप्त गर्नेहरू निम्न रहेका छन् —
- मोक्ष गुरुङ — फोनिज राष्ट्रिय पत्रकारिता प्रवास सम्मान (प्रवास)
- गगनजंग राई — फोनिज राष्ट्रिय पत्रकारिता सम्मान (टेलिभिजन)
- अम्बरबहादुर लामा — फोनिज राष्ट्रिय पत्रकारिता सम्मान (रेडियो)
- कोमलमणि सिवाकोटी — फोनिज राष्ट्रिय मानवअधिकार पत्रकारिता सम्मान (राजधानी त्रैमासिक)
- सविन प्रधानाङ्ग — फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (छापा)
- मुनेश लायो मगर — फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (अनलाइन)
- बन्दना दङ्गाल — फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (रेडियो)
महासंघका महासचिव समीर बुलामीद्वारा जारी विज्ञप्तिमा विजेताहरूलाई भाेली २७ गते फाेनिजकाे स्थापना दिवसको अवसरमा औपचारिक कार्यक्रममा सम्मान गरिने जनाइएको छ ।

–00–


