जनकपुरधाम, २८ कात्तिक । जनकपुरधामबाट जयनगरका लागि छुटेको ट्रेनको लिकमा किचिएर एकजनाको मृत्युभएको छ ।
प्रहरीका अनुसार मृत्युहुने भारतीय नागरिक हुन् । उनी भारत विहारको मधुवनी जिल्लामा पर्ने खेरामाठका विन्देश्वर दास रहेको प्रहरीले जनाएको छ । धनुषाको बैदेही स्टेशनदेखि करिब ५ सय मिटर पूर्वमा रेल्वे लिकमा किचिएर उनको आज विहान मृत्यु भएको थियो ।