बारा २ मा पाँच हजार मतान्तरले उपेन्द्र यादव निर्वाचित

कलैया,१३ बैशाख । बारा क्षेत्र नं.२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । यादव ५ हजार ८१ मतान्तरले निर्वाचित भएका हुन् ।

यादवले २८ हजार ४१५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाएका छन् ।

यसैगरी एमालेका पुरुषोत्तम पौडेल १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहदा रास्वपाका रमेश खरेलले दुई हजार ८२९ मत पाएका छन् । पाँचौ स्थानमा रहेका आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार ७३८ मत प्राप्त गरेक छन् । लागि  प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले राती १स्४५ बजे प्रमाणपत्र हस्तान्तरण गरेका थिए । प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री सरोज यादव, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालगायत उपस्थित थिए । –00–

Share:

सम्बन्धित समाचारहरु