काठमाण्डौ, ५ बैशाख । नेपालमा कोरोनाबाट २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको हो।
देशभर २ हजार २ सय ९२ कोरोना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। हाल सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ। मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २२ जना, आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना उपचाररत छन्।–00–


