भरतपुर, १ बैशाख । उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा।लि।को आयोजनामा नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो ( क्यालेण्डर )को विमोचन गरिएको छ ।
उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा।लि।का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाठकवर्ग, विज्ञापनदाता, लेखकवर्ग, प्रा।लि।लाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण महानुभावहरुलाई शुभकामना प्रदान गरिएको थियो ।
त्यस्तै सोही अवसरमा प्रा।लि।ले प्रकाशन गरेको क्यालेण्डरको एक कार्यक्रमका विच विमोचन समेत गरिएको थियो । कार्यक्रममा आ।व।०७९र०८० मा प्रा।लि।बाट भए गरेका कार्यहरुको जानकारी, संस्थाको हालसम्म सम्बन्धित निकायहरुमा भएको अद्यावधिकको अवस्था, प्रा।लि।ले गर्ने आगामि भावी योजनाहरुको बारेमा समेत जानकारी गराइएको थियो ।
शुभकामना आदानप्रदान तथा भित्तेपात्रो ९क्यालेण्डर०को विमोचन कार्यक्रममा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा।लि।का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठ, समाजसेवी रामकृष्ण सापकोटा, निर्देशकहरु अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य, राजकुमार श्रेष्ठ, सुकदेव काप्री ९विकास०, सह–सम्पादक बुद्धिराम चौधरीले नयाँ वर्ष २०८० को अवसरमा आ–आफ्नो तर्फबाट शुभकामना व्यक्त गरेका थिए ।–00–


