चितवन । चितवनकै सर्वाधिक धनराशीको एक्सपर्ट क्वीज च्याम्पियन–२०२३ को फाइनल समीकरण पुरा भएको छ ।
बिहीबार प्रशारित अन्तिम सेमीफाइनल इपिसोडबाट ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर फाइनल पुगेसंगै फाइनल समीकरण पुरा भएको हो । वीरेन्द्र आदर्श माध्यमिक विद्यालय, स्टेप बाई स्टेप इङलिस बोर्डिङ स्कुल र त्रिवेणी बराह माध्यमिक विद्यालय मुग्लिनलाई पराजित गर्दै ग्रीनल्याण्ड फाइनल स्थान सुरक्षित गरेको हो । सेमीफाइनल राउण्डबाट चार टिम र एक टिम वाइल्ड कार्डमार्फत फाइनलमा स्थान बनाएको हो । आयोजकका अनुसार सेमीफाइनल राउण्डमा उपविजेता बनेका मध्ये सबैभन्दा धेरै अंक ल्याउने टोली मध्येमा वाल्मीकि कलेज भरतपुरलाई फाइनलमा लगिएको हो । उपाधिका लागि कुल पाँच टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो सेमीफाइनल इपिसोडबाट रत्ननगरको बछौली मावि, भरतपुरको शरदपुर मावि, बालकुमारी कन्या माध्यमिक विद्यालयलाई पछि पार्दै अरोमा कलेज फाइनलमा स्थान बनाएको हो । यस्तै दोस्रो सेमीफाइनल इपिसोडबाट भरतपुरको अंकुरम एकेडेमी, बालकुमारी कलेज र वाल्मीकि कलेजलाई पछि पार्दै नारायणी पब्लिक कलेज फाइनलमा प्रवेश गरेको हो । त्यसैगरि शनिबार प्रशारित तेस्रो सेमीफाइनल इपिसोडबाट श्रीराम वैदिक संँस्कृति गुरुकुलम टाँडी, आदिकवी भानुभक्त मावि र एसओएस गौरीगञ्जलाई पछि पार्दै रत्ननगरको नेपाल नमुना मावि फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल आउँदो आइतबार चैत २६ गते हुँदैछ ।
यस प्रतियोगिता हरेक साताको बिहीबार, शुक्रबार र शनिबार तीन दिन टिभी कालिका एचडी र नारायणी टिभी युट्युव च्यानलमा साँझ ७ः३० बजे एकसाथ प्रशारण हुँदै आइरहेको छ । नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्स प्रा।लि।को आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनको प्रस्तुतीमा क्वीज संचालन गरिएको हो । क्वीजमा चितवनका कुल ४८ वटा माध्यमिक विद्यालय तथा कलेजहरुको सहभागिता रहेको छ ।
चितवनकै सर्वाधिक धनराशीको यस प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्धितीय हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने तृतीय हुनेले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागि सबै विद्यार्थीहरुलाई आकर्षक उपहार प्रदान गरिने छ भने सहभागि विद्यालयलाई पनि विशेष मायाको चिनो प्रदान गरिने छ ।
यस क्वीजलाई अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकामा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले प्रस्तुत गरेको छ भने अष्ट्रेलियामा रहेको ब्राइटन कलेज र अष्ट्रेलियन स्कुल अफ एकाउण्टिङ ९एएसए०ले सहकार्य गरेको छ । पावर्ड बाइमा युनाइटेड टेक्निकल कलेज भरतपुर रहेको छ ।
यस्तै सहयोगी संस्थाहरुमा हिसान चितवन, वैष्णव, सगरमाथा टेलरिङ सटिङ एण्ड सुटिङ लायन्स चोक नारायणगढ, नेपो फर्निचर, हस्पिटालिटी पार्टनरमा होटेल सिराइँचुली, होटल ह्याप्पी होम कमलनगर नारायणगढ, साउण्ड पार्टनरमा एक्सीस साउण्ड सिस्टम एण्ड होम भरतपुर रहेको छ । मिडिया पार्टनमा नारायणी अनलाइन, कालिका एफएम, सञ्चारपत्र दैनिक, सेतो नेपाल डटकम, ब्रोडकास्टिङ पार्टनमा टिभी कालिका एचडी र नारायणी टिभी रहेको छ । –00–


