रेशम सापकोटा – सेतो नेपाल
चितवन, ६ साउन — माडीमा हाल रेबिजको त्रास बढ्दै गएको छ। दैनिकजसो सङ्क्रमित कुकुरले मानिस र पशुहरूलाई टोकेको घटना दोहोरिरहेको छ, तर सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध छैन। उपचारका लागि बगौडा अस्पताल पुगेका घाइतेहरू “हाम्रोमा खोप छैन, बाहिरै लैजानुस्” भन्ने जवाफ लिएर फर्किनुपरेको छ। यस्तो अवस्थामा प्राइभेट क्लिनिकमा तीन हजार रुपैयाँसम्म तिरेर खोप लगाउनुपर्ने बाध्यता छ।
माडीका युवा व्यवसायी तथा सामाजिक अभियन्ता टिआर सुवेदीले दुःख व्यक्त गर्दै भन्नुभयो, “नागरिकलाई निःशुल्क दिनुपर्ने रेबिजको खोपका लागि निजी क्लिनिक धाउनुपरेको अवस्था अत्यन्त दुःखद छ।”
माडी नगरपालिका स्थित पशु सेवा केन्द्रबाट एकचरणको भ्याक्सिन अभियान सञ्चालन भएको भए पनि, त्यो अभियान नियमित हुन सकेको छैन, जसले समस्या झनै जटिल बनाएको छ।
सुवेदीले कुकुरको आक्रमणबाट त्रसित जनतालाई राहत दिन छाडा कुकुरहरूलाई तत्काल नियन्त्रणमा लिन र घरपालुवा कुकुरलाई सुरक्षित रूपमा राखी, सबै आवश्यक खोप लगाएर मात्र पाल्न स्थानीय स्थानीयवासीलाई आग्रह गर्नुभएको छ।–00–