सरकारमा ९ दल सहभागी हुने, मन्त्रीहरूको शपथ भोलि

काठमाडौंं । गठबन्धन दलका नेताहरू मन्त्रिपरिषद् विस्तारबारे आज पनि टुंगोमा पुग्न सकेनन् ।

बालुवाटारमा आज बसेको बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले गठबन्धनका १० दलदलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने जानकारी दिए ।  उनका अनुसार मन्त्रीहरूको भोलिसम्म शपथ हुने बताए । कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न नसकेको उनले बताए । भोलि फेरि छलफल हुने उनले बताए ।

“भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार र शपथ हुन्छ । यो पार्टीलाई यति मन्त्रालय भन्ने मुख्य नेताहरूसँग छलफल हुन्छ । गठबन्धनमा रहेको जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुन्छन्,” उनले भने । –00–

 

Share:

सम्बन्धित समाचारहरु