सी चिनफिङ चीनको नेतृत्वमा तेस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौँ । सी चिनफिङ चीनको नेतृत्वमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चिनियाँ जनकांग्रेसले कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङलाई शुक्रबार तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित गरेको हो । सीका विश्वासपत्र ली चियान शनिबार प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संघाईको पूर्वसचिव रहेका लीलाई महाधिवेशनले पार्टीको शक्तिशाली ७ सदस्यीय स्थायी कमिटीमा निर्वाचित गरेको थियो ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसले कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङलाई शुक्रबार तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित गरेपछि बेइजिङमा शपथ ग्रहण गर्दै ।
गत अक्टोबरमा भएको चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० को महाधिवेशनले सीलाई तेस्रो कार्यकाल लागि महासचिव निर्वाचित गरेसँगै सत्तामा निरन्तरता निश्चित भइसकेको थियो । त्यसैगरी पार्टीको स्थायी कमिटीको वरीयता क्रममा दोस्रो नम्बरमा ली थिए ।

 

२०१८ चिनियाँ जनकंग्रेस अधिवेशनले २ कार्यकालको व्यवस्थालाई हटाउन संविधान संशोधन गर्दै सीलाई बाटो खोलिदिएको थियो । माओत्से तुङमा अत्यधिक शक्ति केन्द्रीकरण गर्दा उत्पन्न भएको समस्यालाई समाधान गर्न देङ स्याओ पिङले सामूहिक नेतृत्वको विषयलाई अघि सारेका थिए । जसलाई सीपीसीले ४ दशकसम्म निरन्तरता दिएको थियो ।

‘देङले एक व्यक्तिको नेतृत्वभन्दा पनि सामूहिक नेतृत्व र विविधीकृत नेतृत्व भयो भने गल्ती कम हुँदै रहेछ भनेर कार्यकालको समय तोक्न थालेको र नेतृत्वलाई विविधीकरण गरेका थिए । त्यो निरन्तरता दिँदै आए । महासचिव हुँदै २–२ कार्यकाल राष्ट्रपति भए,’ इन्स्टिच्युट फर इन्ट्रिग्रेटेड डेभ्लेप्मेन्ट स्टडिज ९आईआईडीएस० का सिनियर रिसर्च फेलो अखिलेश उपाध्यायले भने, ‘अहिले त्यसलाई हटाएर अनन्तकालसम्म शासनमा रहन सक्ने बनाइएको छ ।’

कम्युनिस्ट पार्टीको शासन सुरु भएपछि अत्यधिक शक्ति आफूमा केन्द्रीकरण गरेका माओले अघि सारेको सामूहिक खेती प्रणाली, सांस्कृतिक क्रान्ति र औद्योगिकीकरणको नीति असफल भएको थियो । माओका योजनामा गल्ती पनि थिए, जसलाई सुधार्नका लागि देङले चिनियाँ अर्थतन्त्रलाई खुला बनाउँदै लैजाने नीति लिए भने पार्टी नेतृत्वलाई विधीकरण गर्ने र सामूहिक नेतृत्वमा लगेका थिए । जसले चीनलाई विश्वको शक्तिशाली मुलुक बनाउन काम गरेको थियो । –00–

Share:

सम्बन्धित समाचारहरु