गैडाकोट मेयरको दादागिरी, जनगुनासोको बढेपछि प्रतिकृया लिन पुगेका पत्रकारलाई धम्की

चितवन २,फागुन । ग्यालेक्सी फो के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्य (डायमण्ड) माथि नवलपुरको गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको कार्यकक्षमा दुव्र्यहार भएको छ ।

नवलपुरको गैंडाकोट नगरपालिका ६ र ७ स्थित नारायणी नदी किनारमा भइरहेको उत्खनन् र डम्पिङ्ग भइरहेको, नगरपालिकाको फोहोर फाल्न नारायणी किनार गएका सवारी साधनले ढुंगागिटी बालुवा ओसारेर फर्किने गरेको र प्रहरीले समातेपछि पनि फेरि छाडिएको भन्ने जनगुनासो आएपछि ग्यालेक्सी फो के टेलिभिजनकालागि रिर्पोटिङ्गमा पुगेका आचार्यमाथि मेयरको कार्यकक्षमै दुव्र्यवहार भएको हो ।

चितवन आजकर्मी समेत रहेका आचार्यले आफ्नो फेसबुक पेजमा एउटा भिडियो अपलोड गर्दै दुव्र्यहारबारे खुलाएका छन् । मेयरले दुव्र्यहार गरेपछि पत्रकार महासंघ चितवन शाखाले घटनाको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ ।
महासंघका सचिव दीपेन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ “फागुन २ गते नेपाल पत्रकार महासंघ चितवनका सदस्य तथा ग्लोक्सी फोर के टेलिभिजनका चितवन संवाददाता हिरालाल आचार्यलाई सूचना संकलनको क्रममा गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीबाट उहाँकै कार्यक्षमा दुव्र्यवहार भएको घटनामा महासंघ चितवन शाखा निन्दा व्यक्त गर्दछ ।”–00–

Share:

सम्बन्धित समाचारहरु