बागमतीमा आजबाट ट्रायल पास हुन ७० अंक भए हुने (यस्तो छ नयाँ मापदण्ड)

बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) को लागि ७० अंक ल्याएपनि ट्रायल पास हुने मापदण्डको सुरुवात भएको छ । आज बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले ७० अंक तय गरिएको मापदण्डको शुभारम्भ गरेका छ्न ।काठमाडौको गुर्जुधारामा रहेको ट्रायल सेन्टरबाट मन्त्री श्रेष्ठले नयाँ मापदण्डको सुभारम्भ गरेका हुन ।
सवारी चालक अनुमति पत्रको लागि उर्तीण हुनका लागि १०० नंबरमा १०० नंबरनै ल्याउनुपर्ने व्यवस्था अवैज्ञानिक तथा अव्यवहारिक रहेको भन्दै मन्त्रालयले आजबाट यो व्यवस्था लागू गरेको हो । कुनैपनि परिक्षामा सत्प्रतिशत अंक ल्याउँदा मात्र उर्तिण हुन पाउने व्यवस्था निकै अव्यवहारिक रहेको र यस्ले समग्र यातायात क्षेत्रलाईनै समस्यामा पार्ने देखिएपछि आफुले मन्त्रालयमा कार्यभार सम्हालेदेखि ७० अंकको विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाएको र सोहि अनुसार आजबाट यो प्रणालीको सुरुवात गरेको मन्त्री श्रेष्ठको भनाई बताए ।
सानो त्रुटिमा पनि फेल गराउदा लाइसेन्स वितरणमा ढिलाई हुनुको साथै चालकहरुले अवैधानिक रुपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको देखिएपछि आफुहरुले नयाँ व्यवस्था लागु गरेको मन्त्री श्रेष्ठले बताए । बागमती प्रदेशमा रहेका ११ वटा यातायात ब्यवस्था कार्यालय मध्य सवारी चालक अनुमती प्रदान गर्ने सम्पूर्ण सेवाकेन्द्रहरुले एकैपटक आजबाट ७० अंकमा ट्रायल पास हुने व्यवस्था गरेका छन । यस्तो छ नयाँ व्यवस्था ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ । बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेडचालकका लागि घुमाउरो ८ (एट) आकार को अंकभार २० तोकिएको छ ।
दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक पाँच अंकका दरले १० अंकभार घट्नेछ, तर पनि ट्रायल भने फेल भइँदैन । यस्तै, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुइँ टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ । यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नु अगावै फलेकबाहिर निस्किए पनि अनुत्तीर्ण हुनेछन । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन ।–00–

Share:

सम्बन्धित समाचारहरु