चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मार्ने १५ जनाको गिरोह पक्राउ, पक्राउ पर्नेमा अधिकाङस चितवनकै

काठमाडौं । केहीवर्ष देखि सुरक्षित हुँदै गएको एकसिंगे गैडा पछिल्लो समयमा फेरि चोरीशिकारी हुने क्रम बढ्दै गएपछि निकुञ्ज प्रशासन देखि संरक्षणकर्मीहरुले यो विषयमा थप चासो देखाएका थिए । धमाधम गैडामार्ने क्रम बढ्दै गएपछि गैडा असुरक्षित हुँदै गएकाले संरक्षणकर्मीहरु चिन्ता समेत व्यक्त गरे । तर पछिल्लो पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गैडामार्ने एउटा ठूलो गिरोहलाई पक्राउ गरेको छ ।

 

गैँडा मार्नेदेखि खागको कारोबारसम्म जोडिएका १५ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो पक्राउ गरेको हो । सीआईबीले गत महिना चाबहिलको सरस्वतीनगरबाट खागसहित दुईजनालाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मार्नेसम्मको पहिचान खुलेपछि सीआईबीले पूरै गिरोहलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई बिहीबार सार्वजनिक गर्ने सीआईबीको तयारी छ । पक्राउ पर्नेमा धेरै चितवनका रहेका छन् ।’ खाग बरामद भएको घटनामा गैँडा मार्ने व्यक्ति नै पक्राउ परेको यो सम्भवत पहिलो घटना हो’, सीआईबीका उच्च अधिकारीले भने ।

 

फाइल तस्विर –00–

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु