आकस्मिक बैठकमा रास्वपा, प्रधानमन्त्रीको नयाँ प्रस्तावबारे छलफलगर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिले बसिरहेको छ । बालुवाटार स्रोतका अनुसार रास्वपालाई प्रधानमन्त्रीले गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको नयाँ प्रस्तावको विषयमा निर्णय लिन आकस्मिक बैठक बोलाइएको रास्वपाका एक नेताले जानकारी दिए ।

गृहमन्त्रालयबारे निर्णय लिन रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समयसीमा आजै साँझदेखि सकिएको छ । रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालयको अडान लिइरहँदा प्रधानमन्त्री गृहमा उनलाई फर्काउन सकारात्मक छैनन् । सत्ताघटकको प्रमुम दल एमाले अध्यक्ष केपी ओली भने रविको पक्षमा छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु