चितवनको कालिकामा पनि जीप सफारीसेवा सुरु,होमस्टेपनि संचालनमा आयो

कालिका २१, माघ । चितवनको कालिकामा पनि जीप सफारीसेवा सुरु भएको छ । कालिका नगरपालिका स्थित वडा नं. ५ पदमपुर स्थ्ति भीमवली सामुदायिक वनमा शनिवारदेखि जीप सफारीसेवा सुरु भएको हो । पदमपुरमा सामुदायिक होमस्टेसुरु भएसँगै सामुदायिक वन क्षेत्रमा जीप सफारी गरिएको भीमवली सामुदायिक होमस्टेका अध्यक्ष लोकराज चौधरीले जानकारी दिनुभयो ।

कालिका नगरपालिकाका मेयर,उपमेयर,कर्मचारी सहित जनप्रतिनिधिहरुलाई जीप सफारी गराई औपचारिक रुपमा जीप सफारी सेवा सुरु गरिएको हो । सामुदायिक वन क्षेत्रमा शनिवार चारवटा जीप प्रयोग गरिएको थियो । अबका दिनमा आवश्यकताका आधारमा जीपहरु प्रयोग गरिने सामुदायिक होमस्टेले जनाएको छ । भीमवली पार्कदेखि सुरु हुने जीप सफारी गुन्द्रेमान्द्रे चौरसँगै भित्री मार्ग भएर झण्डै डेढदेखि दुईघण्टाको यात्रापछि पुनः भीमवली पार्कमा पुगेर जीप सफारी सकिन्छ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नयाँ गन्तव्यको रुपमा यो ठाउँको विकास हुन सक्ने बताउनुभयो । जीप सफारीको क्रममा गैडा, चित्तल, जरायो, मयुर, बनकुखुरा, दुम्सीजस्ता जीवजन्तुहरु समेत अवलोकन गर्न पाइने भएकाले पर्यटकको रोजाईमा पदमपुर एउटा प्रमुख गन्तव्य हुन सक्ने उहाँको भनाई छ ।

नगरपालिकाकी उपमेयर विमला लामाले आफ्नै गाउँठाउँमा यस्तो खालको अवसर सृजना भएकोमा खुशी व्यक्तगर्नुभयो । भरतपुर बजार नजिकै रहेकाले पनि यो क्षेत्रमा जीप सफारीगर्न आउने देखि होमस्टेमा रमाउन आउनेहरुको संख्या सोचेभन्दा राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । यो क्षेत्रमा शुक्रवारदेखि मात्रै सामुदायिक होमस्टे सूरु भएको छ । अहिले ७ वटा होमस्टेवाट सेवा सुरु गरिएको भीमवली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । पाहुनाहरुको आगमन हुन थालेपछि होमस्टेको संख्या थप्दै जाने उहाँले बताउनुभयो ।

डब्लु डब्लु एफको सहयोगमा भीमवली सामुदायिक होमस्टे सेवा संचालन गरिएको हो । होमस्टे संचालनका लागि आवश्यक तालिम देखि भवनमा प्रयोग हुने सामग्री समेत डब्लु डब्लु एफलेनै सहयोग गरेको छ । यो कालिका नगरपालिकाकै पहिलो होमस्टे हो । पाहुनाहरुलाई थारुहरुको परम्परागत खानासँगै थारु समुदायको कला संस्कृतिले मनोरञ्जन प्रदानगर्ने गरी सामुदायिक होमस्टे संचालनमा ल्याइएको भीमवली होमस्टेका सचिव पवित्र मिश्र खनालले जानकारी दिनुभयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु