राजीनामा दिएको ४८ घण्टा नपुग्दै रास्वपा सभापतिमा रवि लामिछानेको कमब्याक

काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन?स्थापित भएका छन् । केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुनस् चयन गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो ।

आज बिहान काठमाडौं प्रशासन पुगेर पुनस् नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए । कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बसेको बैठकले उनलाई राजीनामाको ४८ घण्टा नबित्दै सभापतिमा लामिछानेलाई पुनस्स्थापित गरेको छ ।

शुक्रबार अर्याल रास्वपाको कार्यवाहक सभापति बनेका थिए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु