भरतपुर । माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले माडीको विकासका लागि चितवन राष्ट्रिय निकुञ्ज बाधक रहेको बताएकी छिन् । भरतपुरमा आज विहान आयोजना गरिएको उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको विशेष साक्षेत्कार कार्यक्रममा बोल्दै मेयर महतोले माडीबासीहरु निकुञ्जवाट पीडित हुँदै आएको बताईन ।
जनावरवाट बर्षेनी तीनचार जनाले अकालमै ज्यान गुमाइरहेका छन् – उनले भनिन खेतीपाती समेत जनावर सखाप बनाउन छाडेको छैन । मेयर महतोले रिउ कोरिडोरको अवधारणालाई प्राथमिकता दिन भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरिन । कोरिडोर बनाउने भनिएपनि डिपीआर समेत तयार भएको छैन । माडीबासीहरु कोरिडोर कस्तोहुने भन्ने विषयमानै कन्फूज रहेको धारणा व्यक्त गरिन । मेयर महतोले डिपीआर सहितको योजनालाई प्राथमिकतामा राखिदिन आग्रह गरिन ।
मेयर महतोले माडीमा पनि रिङ रोडको अवधारणा ल्याएका जानकारी दिइन । हामीले माडी रिङ रोड कस्तो मोडेलको बनाउने भन्ने विषयमा मोडेल समेत तयार पारेका छौं उनले थपिन –तर हाम्रो बजेटले भ्याउँदैन, प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउँन चाहन्छु । माडीको कष्टकर यात्राको विषयमा मन्त्री श्रेष्ठलाई मेयर महतोले दुखेसो गरिन । राष्ट्रिय निकुञ्जको बाटो धुलाम्मे छ अहिलेपनि ।–‘माडीबाट भरतपुर आउन एकसेट लुगा बोकेर आउनुपर्छ उनले भनिन । बजार छिर्नपनि धुलोको कारण लाज हुने भो । माडी जान १ सेट आउन १ सेट । यस्तो अवस्था कहिले सम्म भोग्ने ? मेयर महतोले गुनासो गरिन । क्याबिनेट बाट निर्णय गर्नुपर्नै हो भनेपनि यो बाट मुक्त गराउन पहलका लागि आग्रह गरिन ।
मेयर महतोले निर्माण व्यवसायीले पनि माडीबासीलाई साथ नदिएको आरोप लगाइन । निमार्ण व्यवसायी र चितवन राष्ट्रिय निकुञ्जसँग धेरैपटक सहज जीवनयापनका लागि समन्वय बैठक राखेको बताइन । बैठकमा कामगर्न सकिने मोडेलमा कुरा भएपनि जब फिल्डमा गएपछि कुरा मोडिने गरेको बताईन । निकासका लागि अनुमति नदिने गरेको दुखेसो पोखिन । बाटो पुलहरुको अवस्था अलपत्र छ । बाटो र पुल निर्माणको समय म्याद कहिले सम्म थप्दै जाने उनले तर्क गरिन ।
https://fb.watch/i6f-Q-Neiw/