बालेन शाह प्रधानमन्त्री, रवि लामिछाने भन्छन्— “बाचा पूरा भयो”

काठमाडौं — रवि लामिछाने ले बालेन शाह प्रधानमन्त्री बनेकोमा आफूलाई गर्व लागेको बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनतासँग गरिएको प्रतिबद्धता पूरा भएको दाबी गरे। उनले अब सरकारको मुख्य ध्यान नागरिकको जनजीविकामा सुधार ल्याउनेतर्फ केन्द्रित हुने बताए।

उनका अनुसार बालेन शाह पाँच वर्षका लागि प्रधानमन्त्री बनेका हुन् र आवश्यक परे त्यो अवधि अझ लम्बिन सक्ने संकेत पनि उनले दिए। साथै, कुनै आलोपालोको सहमति नभएको उनले स्पष्ट पारे।–00–

Share:

सम्बन्धित समाचारहरु