निर्माण व्यवसायीहरुलाई इमान्दारिता देखाउन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको आग्रह

निरज महतो (चरन )-
चितवन । उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्माण व्यवसायीहरुलाई इमान्दारितापूर्वक कामगर्न आग्रह गर्नुभएको छ । भरतपुर महानगरमा निर्माणाधिन सडकको स्थलत निरीक्षणगर्न पुग्नुभएका मन्त्री श्रेष्ठले सरकारले विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको कारण इमान्दारिता देखाउन निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभएको हो ।

आँपटारी–बसपार्कचोक सम्मको बाइपास सडक, गोन्द्राङ– पुलचोकको ६ लेन सडकको स्थलगत निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले गुणस्तरीय काम सम्पन्न हुनुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले कामलाई प्राथमिकतामा राखेको बताउनुभयो । कार्वाहीलाई प्राथमिकतामा राख्दिन उहाँले भन्नुभयो – ए बा भन्ने दिन नआओस । मन्त्री श्रेष्ठले भरतपुरको बाइपास सड्कलाई सम्झौता भए अनुसारनै निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । अहिले सम्म काम सकिएको रहनेछ मन्त्री श्रेष्ठले भन्नुभयो – असार सम्म काम सक्छु भनेको छ, असारमै कम्पिल्ट हुन्छ म ढुक्क छु ।

उहाँले तीनचार दिनमा क्रसर उद्योगको समस्या समाधान हुने बताउनुभयो । यो विषयमा मन्त्रालयसँग छलफल भइसकेको छ उहाँले भन्नुभयो–‘अस्तीमात्रै गृहमन्त्रीले २ दिन भित्र समस्या समाधान गर्छु भनेको छ ।’ विकास निर्माणको कामलाई अवरुद्धगर्ने प्रवृत्तिलाई छुट दिन नसक्ने समेत उहाँको भनाई छ । भरतपुरको वाइपास सडक २०७३ पुसमा सम्झौता भएर १५ महिनामा सक्नुपर्नेमा ६ वर्षहुदासमेत पुरा भएको छैन । उता गोन्द्राङ–पुलचोक ६ लेनको सडक २०७७ माघदेखि काम सुरु भएको थियो । करिब ७ किलोमिटर सो सडक यही फागुन मसान्तसम्म पुरा गर्नुपर्ने जिम्मेवारी थियो । यस्तै २०७५ माघमा सम्झौता भएको १ सय १३ किलोमिटर लामो दुरीको बुटबल–नारायणगढ सडक यही साउनमा पुरा हुनुपर्ने थियो । –––००––

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु