चितवन । पूर्वीचितवनको खैरहनी स्थित गौचरनमा विहीबार देखि ‘आठौं खिचरा महोत्सव’ सुरु भएको छ ।
महोत्सवको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समुद्घाटन गर्नुभएको छ । सो क्रममा बोल्दै गृहमन्त्री लामिछानेले थारु समुदायको कलासँस्कृति सरंक्षरणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पु¥याउने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया थारु सँस्कृतिको माघी पर्व सबै समुदायको साझा पर्वको बन्न सफल भएको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघ १ गते खिचरा पर्वको अवसरमा खिचरा महोत्सव गर्दै आएको छ । महोत्सवमा देशभरका थारु जातिको रहनसहन र भेषभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिनुभयो ।
थारुको बसोबास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा कृषि प्रवद्र्धन परिसरसमेत रहनेछ । महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ । महोत्सव अघि खैरहनीको मङनी चोकदेखि झाँकी सहितको शोभा यात्रा निस्किएको थियो । पर्सा बजार परिक्रममा गरी शोभा यात्रा महोत्सव परिसर पुगेको थियो ।
((००)