खैरहनी । रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञान बहादुर विसुराल खैरहनी नगरपालिका वडा नं. १ मा रहेको कंकाली माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्विरोध चयन भएका छन् । अभिभावक भेलाबाट निर्विरोध निर्वाचित भएका सदस्यहरुको बैठकबाट ज्ञान बहादुर विसुराललाई अध्यक्ष पदमा मनोनित गर्ने निर्णय गरिएको हो ।
समितिका सदस्यहरुमा एकनारायण ढकाल, उद्धव प्रसाद खतिवडा, रिता पुरी महतो, गंगा थापा पोखरेल, सीता चौधरी, वडाध्यक्ष नवराज भुसाल र सदस्य–सचिव अन्जना आचार्य रहेका छन् । शिक्षक प्रतिनिधि भोली शिक्षक स्टाफको बैठकबाट छनौट हुने प्रधानाध्यापक अन्जना आचार्यले बताए ।