काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पनि एमाले-माओवादी गठबन्धनलाई समर्थन गर्ने भएको छ । सरकार गठनको लागि नयाँ समीकरण बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको छलफलमा रेशम चौधरीकी श्रीमती रञ्जिता चौधरी बालकोटतर्फ लागेकी छन् ।
प्रचण्डले गठबन्धन छाडेर बालकोट पुगेपछि एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमत पार्टीसहितका नेताहरू बालकोटमा छन् ।