देवघाट । सहयोगी मनहरु नेपालले देवघाट धाममा आश्रय लिएर बसेका १ सय जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
समाजसेवी राज क्षेत्री, सविता शाक्य र सुदिक्क्षा गुृरुङ लगायको आर्थिक सहयोगमा संस्थाले १ लाख ४९ हजार मूल्य बराबरको ब्ल्याङकेट वितरण गरेको हो । जाडो बढ्दै गएका कारण आश्रममा रहनुभएका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा स्वरुप ब्ल्याङकेट वितरण गरिएको संस्थाको वागमती प्रदेश प्रमुख अनिशा शाक्यले जानकारी दिनुभयो ।
यस्तै देवघाटमै आश्रीत ३० जना बालबालिकालाई पनि संस्थाले न्यानो कपडा वितरण गरेको छ । कपडासँगै कापी कलम लगायत, खाद्यान्नका सामाग्री वितरण गरिएको छ । संस्थाका उपाध्यक्ष किशोर चापागाईको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा आश्रमका श्रीप्रसाद पंडीतले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा युवामञ्च नेपालका तुलसी भट्ट, रोटरी करुणा क्लबका प्रतिनिधि लगायतले बोल्नुभएको थियो ।