चितवन । खैरहनी नगरपालिका वडा नम्वर ८ मा रहेको पिपरा कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारण सभा संस्थाको अध्यक्ष बासुदेव कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
खैरहनी नगरलिका वडा नम्वर ९ का वडा अध्यक्ष बन्धुराम महतो प्रमुख अतिथि रहनुभएको कार्यक्रममा वडा सदस्य नारायण भण्डारी, उतराखण्ड सहकारी संस्थाका अध्यक्ष टिकादत्त अधिकारी, सिमल टाँडी सहकारी संस्थाका प्रमुख दिनेश ढुगांना, पिपरा टोल विकास संस्थाका सचिव कमल अधिकारी, बछौली टोल विकास संस्थाका अध्यक्ष वुद्धीराम चौधरी, पुन समाज नेपालका अध्यक्ष डिल वहादुर पुनमगर, सिद्धिविनायक मन्दिर पिपराका अध्यक्ष यमप्रसाद उप्रेती, पूर्व व्यवस्थापक तथा समाजसेवी विमल रेग्मी, लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ लगायतको सहभागिता रहेको थियो ।
संस्थाका सदस्य मुकुन्द चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सहकारीका असल ऋणी, असल वचतकर्तालाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरलिका वडा नम्वर ९ का वडा अध्यक्ष बन्धुराम महतोले सहकारीको प्रर्वद्धनमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । सहकारीले सहकारीको मर्म अनुसार काम गर्नुपर्ने बताउदै उहाँले आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बासुदेव कंडेलले २०७६ सालमा स्थापना भएको सहकारीले शेयर सदस्यहरु र वचतकर्ताहरुको मन जितेको बताउदै आगामी दिनमा सहकारीको मर्म अनुसार काम गर्दै जाने बताउनुभयो । कृषकको साथीको रुपमा कृषि क्षेत्रको प्रर्वद्धनमा सहयोग गर्दै जाने उहाँले बताउनुभयो ।
साधारण सभामा संस्थाका कोषाध्यका प्रकाश सापकोटाले बार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पेश गरिएको थियो । आगामी आर्थिक बर्षको लागि अनुमानित वजेट तथा कार्यक्रमका बिषयमा छलफल भएको थियो ।