चितवन क्षेत्र नं.३ बाट डा.भोजराज अधिकारीको उम्मेदवारी दर्ता

चितवन, असोज २३–

चितवन क्षेत्र नं.३ बाट डा.भोजराज अधिकारीको उम्मेदवारी दर्ता भएको छ । ५० हजार बढी मतदातासंग प्रत्यक्ष सम्पर्कमा भएकाले आफू जित्नेमा विश्वस्त रहेको बताएका छन् ।

आज प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरुसंग कुरागर्दै डा.अधिकारीले बामलोकतान्त्रिक गठबन्धनको साथ र मतदातासंगको प्रत्यक्ष सम्पर्क नै आफ्नो जित्ने आधार रहेको बताए । ‘यस क्षेत्रमा करिव डेढ लाख मतदाता छन्, ती मध्ये ५० हजारसंग प्रत्यक्ष रुपमा मेरो सम्पर्क छ, गठबन्धनको साथले झनै मलाई सहज बनाउनेमा विश्वस्त छु’–डा।अधिकारीले भने ।

उनले माओवादी नेतृत्वले आफूलाई विश्वास गर्नुमा आफूमा देखिएको पोलिटिकल नेचर नै भएको बताए । ‘जनताले विज्ञता खोजीरहेको बेलामा मेरो नेचर देखेर नै पार्टीले मलाई विश्वास गरेको हुनुपर्छ’–डा.अधिकारीले भने ।

यसअघि चिकित्सकको रुपमा जनताको सेवामा रहेपछि अहिले मोडेल परिवर्तन गरेर जनताको सेवाका लागि चुनावी माहोलमा होमिएको अधिकारीले बताए । उनले भने–‘म पहिले पनि सेवामा थिए, अहिले पनि सेवामै हो मोडालिटी मात्रै परिवर्तन गरेको हो ।

उनले ६ ‘स’लाई व्याख्या गर्दै भने, ‘पहिलो ‘स’ सेवा, म सेवा गर्न चाहन्छु दोस्रो स्वास्थ्य भरतपुरलाई मेडिकल सिटी बनाउने र मेडिकलहबहरुलाई कोरिडोरको रुपमा जोड्ने प्रयत्न गर्नेछु, स्वास्थ्य बिमालाई निःशुल्क बनाउने, तेस्रो शिक्षा हो शिक्षा बिना केही पनि सम्भव छैन, चौथो स्वरोजगार, पाँचौं सामाजिक सुरक्षा र छैटौं सडक सञ्जाल हुन् ।’

यस क्षेत्रबाट प्रदेश ३ (क) मा कांग्रेसका डा.सूर्यकान्त घिमिरे र ३ (ख)मा माओवादीका ठाकुर ढकाल उम्मेदवार छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु