रत्ननगर नगरपालिका स्थित पूर्व वडाध्यक्षको घरको छतबाट खसेर एक जनाको मृत्यु

चितवन, २२ असोज

पुर्वि चितवनको रत्ननगर नगरपालिका स्थित पूर्व वडाध्यक्षको घरको छतबाट खसेर गयराती एक जनाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं ९ का पूर्व वडाध्यक्ष रोशन आचार्यको गणेशचोक स्थित घरको छतबाट खसेर गैँडाकोट वडा नं २ का ३५ वर्षीय शंकर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । श्रेष्ठ जुवा खेल्न आचार्यको घर पुगेका थिए ।

श्रेष्ठ सहित करिब २१ जना कौडा खेलिरहेको अबस्थामा प्रहरी पुगेपछि भाग्ने क्रममा घरको छतबाट खसेर श्रेष्ठको मृत्यु भएको हो । गस्ती गर्नेक्रममा आचार्यको घर अगाडि प्रहरीको गाडी आएको थाहा पाएपछि जुवा खेल्नेहरु आतंकित भएका थिए । भाग्ने क्रममा आचार्य र आचार्यको घरसंग जोडिएको घरको विचको भागबाट खसेर श्रेष्ठको घटना स्थलमै मृत्यु भएको डिएसपी रविनबाबु रेग्मीले जानकारी दिए ।

श्रेष्ठको टाउकामा चोट भएका कारण छतबाट खसेको अनुमान गरिएको रेग्मीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु